२५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ९५७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार १०३ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५८७ आरटी पीसीआर विधी र ४ हजार १०५ एन्टिजेन गरी जम्मा १२ हजार ६९२ नमुना परीक्षण गरिएकोमा १ हजार ९५७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख ४ हजार २१६ पुगेको छ । संक्रमितमध्ये ९ लाख २० हजार ५९२ केस संक्रमणमुक्त भएको छ । अब देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९५.० प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।