Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेश र प्रदेश १ को स्वास्थ्य सचिवमा डा.श्रीराम तिवारी र डा.अनुज भट्टचन

Get real time updates directly on you device, subscribe now.

२४ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी प्रदेश र प्रदेश नं १ को स्वास्थ्य सचिवमा क्रमशः डा.श्रीराम तिवारी र अनुज भट्टचनलाई जिम्मेवारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा डा.तिवारीलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिव र डा.भट्टचनलाई प्रदेश नं १ को स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन स्रोतले बतायो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवका लागि सामान्य प्रशासनलाई पत्राचार गरेको थियो ।

डा.तिवारी केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा निर्देशकको रुपमा सरुवा भएका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.