२४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३५०, ललितपुरका ५९ र भक्तपुरका २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार १०४ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ९ हजार ३९६, ललितपुरमा ७ हजार ३६ र भक्तपुरमा २ हजार ६७२ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार १४६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ अर्थात ९४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८२७ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।