Nepal's Trusted Health Online Portal

बेलायत सरकारले दिएको ८ लाख ६२ हजार एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

Get real time updates directly on you device, subscribe now.

२४ माघ, काठमाडौं । नेपालमा थप ८ लाख ६२ हजार ८० मात्रा कोरोना विरुद्धको एस्ट्राजेनेका खोप आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार बेलायत सरकारको सहयोगमा ८ लाख ६२ हजार ८० मात्रा खोप सोमबार बिहान नेपाल आइपुगेको हो ।

कोभ्याक्स अन्तर्गत बेलायत सरकारले दिने भनेको २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये ८ लाख ६२ हजार ८० मात्रा खोप आज बिहान काठमाडौं आइपुगेको हो ।

बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फ्रेबुअरी १४ तारिख अर्थात फागुन २ गते नेपाल आइपुग्ने डा.चौरसियाले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.