२५ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार १०३ जना भने संक्रमणमुक्त भएका छन् ।