२५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३३८, ललितपुरका ७० र भक्तपुरका ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या १६ हजार ८२९ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८ हजार ९४२, ललितपुरमा ५ हजार २८३ र भक्तपुरमा २ हजार ६०४ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार १०३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख २० हजार ५९२ अर्थात ९५ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८३८ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।