Nepal's Trusted Health Online Portal

थप ५५ जनामा कोरोना संक्रमण, २८० सक्रिय संक्रमित

Get real time updates directly on you device, subscribe now.

१६ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ५५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५३२ आरटी पीसीआर विधि र १ हजार १६६ एन्टिजेन गरी जम्मा २ हजार ६९८ नमुना परीक्षण गरिएकोमा ५५ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ६९४ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ४७३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ४६२ केस संक्रमणमुक्त भएको छ । अब देशभर २८० जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.