Nepal's Trusted Health Online Portal

पाकिस्तानी विदेशमन्त्रीलाई पनि कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनदेखि ज्वरो आइरहेको महसुस भइ परिक्षण गराउँदा कोरोना संक्रमण देखिएको कुरैशीले ट्वीटरमा लेखेका छन् ।

‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ । अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।‘ कुरैशीले ट्वीटरमा लेखेका छन् ।

उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.