Nepal's Trusted Health Online Portal

क्यान्सर, मधुमेह, इमर्जेन्सी तथा आइसियुका बिरामीको कोरोना परीक्षण गरिने

Get real time updates directly on you device, subscribe now.

१९ असार, काठमाडौँ । अधिकाँश कोरोना संक्रमितको मृत्यु पश्चात कोरोना पुष्टि भएपछि सरकारले क्यान्सर, मधुमेहका रोगी, आकस्मिक कक्षमा आउने तथा आइसियुमा भर्ना भई उपचाररत बिरामीहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने भएको छ ।

सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै पकेट एरियामा बस्ने मानिसहरु र स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गर्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्ला दिनहरुमा दिनहुँ जसो ५०० को हाराहारीमा कोरोना संक्रमितहरु बढीरहेको परिश्थितिमा सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन लागेको हो । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी एकैदिन ७४० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ३२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । जसमध्ये अधिकाँशको मृत्युपश्चात मात्रै कोरोना परीक्षण गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.