Nepal's Trusted Health Online Portal

भारतमा ८१ हजार बढीमा कोरोना संक्रमण, २ हजार ६४९ जनाको मृत्यु

कोरोनाबाट अति प्रभावित देशहरुको सुचीमा भारत बाह्रौँ स्थानमा

Get real time updates directly on you device, subscribe now.

स्वास्थ्य पोष्ट् । कोरोना संक्रमणबाट अति प्रभावित देशहरुको सुचीमा छिमेकी मुलुक भारत बाह्रौँ स्थानमा आइपुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीन पछिको सुचीमा भारत रहेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा शुक्रबार बिहान (यो समाचार तयार पार्दा सम्म) ८१ हजार ९७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भइसकेको छ । संक्रमित मध्ये २ हजार ६४९ जनाको मृत्यु भएको छ ।

तीब्र गतिमा कोरोना संक्रमित बढीरहेको भारतमा पछिल्लो २४ घण्टामा मात्र थप ३ हजार ९६७ जनामा कोरोना संक्रमण देखिएको छ । भारतभर संक्रमित मध्ये २७ हजार २ सय १९ जना निको भएर डिस्चार्ज भइसकेका छन् । अहिले भारतभर ५१ हजार ४०१ मात्र कोरोनाको एक्टिभ केश रहेको छ ।

भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्र राज्यमा फैलिएको छ भने मृत्यु हुने पनि महाराष्ट्रमा नै बढी छन् । महाराष्ट्रमा अहिलेसम्म २७ हजार ५२४ जनामा संक्रमण फैलिएको छ भने १ हजार १९ जनाको ज्यान गइसकेको छ ।

महाराष्ट्र पछि तमील नाडुमा ९ हजार ६७४ जना संक्रमित भएका छन् । त्यहाँ ६६ जनाको मृत्यु भएको छ । तमील नाडुकै हाराहारी गुजरातमा ९ हजार ५९१ जना संक्रमित भएका छन् भने त्यहाँ तमील नाडुकोभन्दा बढी ५८६ जनाको ज्यान गएको छ ।

त्यस्तै राजधानी दिल्लीमा ८ हजार ४७० जनामा कोरोना संक्रमण भएको छ । त्यहाँ ११५ जना मानिसहरुको ज्यान गएको छ । दिल्लीपछि राजस्थानमा ४ हजार ५३४ जना संक्रमित भएका छन् । राजस्थानमा १२५ जना संक्रमितको मृत्यु भएको छ ।

राजस्थानकै हाराहारी मध्य प्रदेशमा ४ हजार ४२६ जना मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ २३७ जना संक्रमितको मृत्यु भएको छ । मध्य प्रदेशपछि क्रमश उत्तरप्रदेश, वेष्ट बंगाल, आन्ध्रा प्रदेश, पञ्जाव लगायतका राज्यहरुमा बढी संक्रमण देखिएको छ ।

भारतको दादर नगर प्रदेश, अरुणाञ्चल प्रदेश, मिजोराम प्रदेशमा भने एक/एक जनामा मात्र संक्रमण देखिएको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा फैलिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.