रोयटर्स । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले दैनिक रुपमा नयाँ रेकर्ड बनाउँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मध्य अमेरिकामा पिक सुरु पनि नभएको अवस्थामा कोभिड १९ को संक्रमणले विकराल रुप लिदैं गइरहेको चेतावनी दिदै स्वास्थ्य संगठनले सबै राष्ट्रलाइ नियन्त्रणमा जोड दिन आग्रह गरेको छ । “महामारी सुरु भएको ६ महिना भन्दा बढि भइसक्यो । यो समय कुनै पनि राष्ट्रले आफ्नो भूमिकाबाट पन्छिन हुँदैन” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रिससले भने ।
आइतवार मात्रै विश्वभर १ लाख ३६ हजार भन्दा बढी संक्रमण दर्ता भएका थिए जसले दैनिक संक्रमणको नयाँ रेकर्ड बनाएको छ । ती मध्ये पनि करिब ७५ प्रतिशत संक्रमण अमेरिका र दक्षिण एसियाबाट रिपोर्ट भएको उनको बताए ।
विश्वस्वास्थ्य संगठनको आपतकालिन विभागका विज्ञ डाक्टर माइक रायनले मध्य अमेरिकी देश ग्वाटेमाला लगायतका राष्ट्रमा संक्रमण अझै उदाउँदो रुपमा रहेको भन्दै त्यहाँको अवस्था केही जटिल रहेको बताएका छन् । “अहिलेको समय भने गम्भीर बन्ने हो, शक्ति राष्ट्र र नेतृत्वले ती क्षेत्रमा सहयोग गर्नुपर्ने देखिएको छ” रायनले भने । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल अहिले कोरोना भाइरसको हटस्पट बनेको छ भने अमेरिकामा विश्वका सबैभन्दा धेरै संक्रमित छन् ।