Nepal's Trusted Health Online Portal

स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड तोकियो

Get real time updates directly on you device, subscribe now.

२७ जेठ, काठमाडौं । नेपाल सरकारले कोरोना महामारी सुरु भएको ३ महिना पछि बल्ल स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड तयार पारेको हो ।

नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले स्वास्थ्य सामाग्रीको गुणस्तर कायम गरि लागु गर्न निर्देशित गरेको छ । बैठकले पीपीई, गल्भ्स, सर्जिकल ड्रयाप्स एण्ड गाउन, मेडिकल डिभाइस लगायतको गुणस्तर कायम गरेको हो ।

यस्तै क्लिन एयर सुइट, टेक्सटायल, प्रोटेक्टिभ गल्भ्स लगायतको गुणस्तर मापदण्ड तोकिएको छ । कोभिड १९ महामारी सन्दर्भमा नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिई विभागले गुणस्तर मापदण्ड तयार पारेको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

कोरोना संक्रमणसँगै विभागले मापदण्डका लागि तयारी थालेको थियो । महाविर पुनको आविष्कार केन्द्रले पीपीइ बनाएर मापदण्डका लागि पठाएको थियो । स्वदेशमै स्वास्थ्य सामाग्री उत्पादन हुने र कतिपय आफुखुशी मगाउन थालेपछि विभागले केही महिना लगाएर मापदण्ड तयार पारेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.