२७ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएका एक कोरोना संक्रमितको मंगलवार बिहान मृत्यु भएको छ ।
भरतपुरकै नारायणी सामुदायिक अस्पतालबाट सोमबार राती भरतपुर अस्पतालमा सारिएका ६८ वर्षिया कोरोना संक्रमितको मंगलवार बिहान करिब ७ बजे मृत्यु भएको हो ।
अहिले उनको शव भरतपुर अस्पतालको आइसियुमै रहेको र शव व्यवस्थापनबारे निर्णय हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।
कोरोनाका कारण ज्यान गुमाएका भनिएका पुरुष भरतपुर महानगरपालिका वडा नं ११ का वासिन्दा भएको र उनलाइ संक्रमण भएको सोमबार मात्रै पुष्टी भएको थियो । मुटु र निमोनियाको समस्या भएका उनी नारायणी अस्पतालमा उपचाररत थिए ।