Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेशमा थप २४ कोरोना संक्रमित भेटिए, कुल १४४ मा संक्रमण

Get real time updates directly on you device, subscribe now.

२७ जेठ, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान मात्रै थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गर्दै थप २४ जनामा संक्रमण देखिएको र योसंगै संक्रमितको संख्या १४४ पुगेको जानकारी दिएको हो ।

मंगलवार थपिएका २४ जनामध्ये नवलपरासी पूर्वका १२, बाग्लुङ्का १२ र म्याग्दीका १ जना रहेका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माकाका अनुसार नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाको क्वारेन्टिनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुषहरूमा काेराेना संक्रमण देखिएकाे छ ।

बाग्लुङको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा बसेका २१, २६ र २७ वर्षका पुरुष, बागलुङकै बरेङ गाउँपालिकाको क्वारेन्टिनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका पुरुष र म्याग्दीको बेनी नगरपालकाको क्वारेन्टिनमा बसेका ४६ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अहिले संक्रमण पुष्टी भएका सबै भारतबाट आएका व्यक्ति हुन् । केही हप्तादेखि भारतबाट नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि संक्रमितको संख्यापनि बढ्दै गएको छ । संक्रमण पुष्टी भएका सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गर्ने प्रक्रिया सुरु भएको निर्देशनालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.