Nepal's Trusted Health Online Portal

कोरोना विरुद्धको लडाइँप्रतिको प्रतिवद्धतासहित चीनले जारी गर्यो श्वेतपत्र

Get real time updates directly on you device, subscribe now.

बेइजिङ् । कोरोना भाइरसको महामारी सुरु भएको चीनले कोरोनाविरुद्धको लडाइँबारे शनिबार श्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयले ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको श्वेतपत्र जारी गरेको हो ।

श्वेतपत्रमा भाइरसविरुद्धको लडाइँमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले श्वेतपत्र जारी भएको चीनले बताएको छ । कोरोनाविरुद्धको लडाइँमा आफ्नो विचार स्पष्ट गर्न श्वेतपत्र जारी गरिएको जनाउँदै कोभिड–१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाइँ लडेको श्वेतपत्रमा उल्लेख गरिएको छ । “मानिसको जीवन एवम् स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवम् पूरै मेहनतका साथ कोरोनाभाइरस रोकथामका उपायहरू अपनाएको छ,” श्वेतपत्रमा उल्लेख छ ।

“अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरू नियन्त्रण गर्न चीन सफल भएको छ ।” महामारी विरुद्धको चिनियाँ लडाइँ, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.