Nepal's Trusted Health Online Portal

अगष्टदेखि पर्यटक भित्र्याउने गरि श्रीलङ्काले ल्यायो नयाँ प्रावधान

Get real time updates directly on you device, subscribe now.

कोलम्बो । श्रीलङ्काले विदेशी पर्यटकका लागि आगामी अगष्ट महिनादेखि पर्यटन व्यवसाय खुलाउने तयारी गरेको छ ।

अघिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पुगेको थियो । वर्षको सुरुवातदेखि नै कोरोनाभाइरसको सङ्क्रमणले ठप्प नै हुन पुग्यो ।

अहिले भने नयाँ मापदण्ड बनाएर कोरोना भाइरस परीक्षणपछि मात्रै विदेशी पाहुना श्रीलङ्कामा स्वतन्त्रतापूर्बक हिंडडुल गर्न पाउनेछन् । श्रीलङ्काको पर्यटन मन्त्रालयले अगष्ट एकदेखि विदेशी पाहुनाका लागि भ्रमण खुला गरिने जनाएको छ ।

अबदेखि हरेक पर्यटकले श्रीलङ्काका लागि बोर्डिङ गरेको ७२ घण्टाअघि कोरोनामुक्त रहेको स्वास्थ्य परीक्षण प्रतिवेदन देखाउन पर्ने मन्त्रालयले जनाएको छ । उक्त कागजातपछि पनि विदेशी पाहुनाले श्रीलङ्काली विमानस्थलमा पुग्ने बित्तिकै कोरोना परीक्षण गराउनुपर्नेछ ।

दोस्रो परीक्षण पाँचदिन पछि र दश दिनभन्दा बढी बसाई अवधि भए तेस्रो परीक्षण गराउनुपर्ने गरि नयाँ निर्देशिका तयार गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.