Nepal's Trusted Health Online Portal

सोमबार थपिए ३ सय १४ कोरोना संक्रमित, एक संक्रमितको उपचारको क्रममा मृत्यु

कुल संक्रमित संख्या ३ हजार ७ सय ६२, मृतकको संख्या १४

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ सय १४ जनामा संक्रमण देखिएको हो ।

योसंगै कोरोना संक्रमित हुनेको संख्या ३ हजार ७ सय ६२ पुग्नुका साथै मृतकको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त प्रवक्ता जागेश्वर गौतमले सोमबार संक्रमण देखिएका ३ सय १४ मध्ये २ सय ९४ पुरुष र २० जना महिला भएको बताएका छन् ।

थपिएका संक्रमित मध्ये प्रादेशिक प्रयोगशाला विराटनगरमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये झापाका ६, सुनसरीका १ र मोरङका १ जना छन् । कोशी प्रयोगशालामा गरिएको परीक्षणमा पाँचथरका १, सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजाका १ र कास्कीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल विरगंजको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ८ , बाराका ७ र रौतहटका ४ जनामा संक्रमण देखिएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका ४ जनामा संक्रमण पुष्टि भएको छ भने भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ र बर्दियाका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ जनामा संक्रमण देखिएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अर्घाखाँचीका ३१ जना रहेका छन् ।

त्यस्तै लुम्बिनी मेडिकल कलेजमा उपचाररत गुल्मीका १ र पाल्पाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। रुपन्देहीका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। लुम्बिनी विश्व विद्यालयको क्वारेन्टाइनमा रहेका प्युठानका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७, महोत्तरी १२, रौतहट ७, सर्लाही १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.