Nepal's Trusted Health Online Portal

बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Get real time updates directly on you device, subscribe now.

रासस २६ जेठ, गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीहरूमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

संक्रमित सवारी चालकले सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए ।

सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो । चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेसनमा राखिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.