Nepal's Trusted Health Online Portal

बढ्दो संक्रमणबीच भारतका बजार, धार्मिक स्थल र रेष्टुरेन्ट आजदेखि खुले

Get real time updates directly on you device, subscribe now.

नयाँ दिल्ली । भारतमा कोभिड महामारीको संक्रमण उच्च देखिरहँदा सपिङ मल, रेस्टुराँ र धार्मिक स्थल सोमबारदेखि खुलेका छन् । दुई महिनाभन्दा बढी भइसकेको लकडाउन पछि सोमबारबाट मलहरु, रेस्टुराँ र धार्मिक स्थल खुलेका हुन् ।

महामारीको रोकथामसँगै अर्थ व्यवस्थामा फेरि फर्कन बन्दाबन्दी खुकुलो गर्ने निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएका हुन् । जबकी भारतमा आइतबार अहिलसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ। आइतबार एकै दिन भारतमा झण्डै दश हजार संक्रमित पुष्टि भएको छ।

भारत सरकारले दिएको २४ घण्टाको जानकारीअनुसार, आइतबार ९९७१ जना संक्रमित भएका छन् भने २८७ जनाको मृत्यु भएको छ। भारत विश्वमै बढी प्रभावित हुने मुलुकको पाचौं स्थानमा छ। अत्याधिक प्रभावित इटाली भन्दा पनि भारतमा बढी प्रभाव देखिएको छ ।

भारतमा सोमबार बिहानसम्म दुई लाख ५७ हजार संक्रमित भएका छन् भने सात हजार दुई सयको मृत्यु भइसकेको छ। तर, निको भएर घर फर्कने बिरामी झण्डै आधा छन् । भारतमा अहिलेसम्म एक लाख २३ हजार बिरामी निको भएका छन्।

तर, अत्याधिक प्रभावित क्षेत्र बाहेकका ठाउँहरुको सपिङ मल, होटल, रेस्टुरा र धार्मिक स्थल खोल्न भारत सरकारले अनुमति दिएको छ। सरकारले यसरी खुल्ने क्षेत्रहरुमा कडा शर्त पालना गर्न निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले ६ फिटको दुरी, मास्क, स्यानिटाइजर र थर्मल स्क्रिनिङको प्रयोग अनिवार्य गरिएको जानकारी दिएको छ। होटल, रेस्टुराँहरुमा आउनेहरुको परिचयपत्र, मोबाइल नम्बर, विदेश यात्रा र बिरामीबारे तथ्याङ्क राख्नुपर्नेछ। सपिङ मलहरुले २४ देखि ३० डिग्री तापक्रमको एसी चलाउनुपर्ने पनि सरकारले निर्देशन दिएको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.