Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट नेपालमा थप २ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

२४ जेठ, काठमाडौं । नेपालमा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका ३ का एक ५८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्युभएको र धनगढी ४ की एक ५५ वर्षिय महिलाको डाइलायसिसको क्रममा सेती अस्पतालमा मृत्यु भएको देवकोटाले मन्त्रालयमा आयोजित दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए ।

डोल्पाका पुरुष लामो समयदेखि दमको रोगी भएको र उनको ४ दिन अघि नै मृत्यु भएपनि उनको रिपोर्ट शनिवार मात्रै आएको हो भने धनगढीकी महिलाको जेठ २३ गते मृत्यु भएको थियो । शनिवार २ को मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा र सुर्खेतमा गरि ११ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.