Nepal's Trusted Health Online Portal

विश्वकै तेस्रो ठुलो सुकुम्बासी बस्तीले कसरी गरिरहेको छ कोरोनाको सामना ?

Get real time updates directly on you device, subscribe now.

एपी । यहाँ केही कुरा पनि लुकेको हुँदैन, नशामा मात्तिएको पतिले कतिबेला आफ्नी पत्नीलाइ कुट्छ, कति बेला बच्चाहरुले गाली खाएका छन् र कुन घरमा टिभी हेरिरहेका छन् । भारतको सबैभन्दा ठुलो सुकुम्बासी बस्ती- धारावीको विशेषता भनेकै यही हो, यहाँ केही कुरा लुकेको हुँदैन र लुकाइँदैन ।

त्यसैले यहाँ कोरोना संक्रमित फेला परेको कुरा पनि रकेट प्रक्षेपण गरिएको गतिमानै यहाँ बस्ने लाखौं मानिसबीच फैलनलाइ समय लागेन ।

धारावीमा अहिलेसम्म १ हजार ८ सय भन्दाबढी कोरोना संक्रमित फेला परिसकेका छन् र मुम्बइको कोरोना अति प्रभावित क्षेत्रमध्येको एकको रुपमा यसलाइ पनि लिइन्छ ।

अघिल्लो हप्तासम्म बलिउड नगरि र भारतको मुख्य अर्थ केन्द्रको रुपमा चिनिएको मुम्बइमा मात्रै करिब ४५ हजार कोरोना संक्रमित फेला परिसकेका छन् ।

मुम्बइ र महाराष्ट्र राज्यमा देखिएको कोरोना संक्रमणले पुरा भारतमा देखिएको कोरोना संक्रमणको सबैभन्दा ठुलो हिस्सा अंकगत हिसावमा झण्डै २ लाख १० हजारभन्दा बढी संक्रमित यहीं देखिएका छन् । तर यी मध्ये १ लाख ४ हजार निको पनि भइसकेका छन् भने कुल भारतमा करिब ७ हजार मानिसको कोरोनाकै कारण मृत्यु पनि भइसकेको छ ।

अमेरिकाको तुलनामा भारतको मृत्युदर कम रहेको छ तर महामारी विद्हरुले भने भारतमा पिक आउनै बाँकी रहेकोले यो संख्या बढ्न सक्ने चेतावनी दिइरहेका छन् ।

धारावीमै जन्मिएर हुर्किएका कुनाल कानासले स्थानिय निकायले आउँदै गरेको विपद्लाइ सधै नजरअन्दाज गरेको देखेका छन् । मंगाल फुटेर पुरै वस्ती नै गन्हाउँदा वा घरेलु हिंसा हुँदा सहयोग गर्नुभन्दा पनि चुप लागेर बस्नु उत्तम भएको उनले भोगेका छन् ।

३१ वर्षका विद्यार्थी र समाजिक कार्यकर्ताको रुपमा चिनिएका कुनालले आफ्नो छिमेकमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाइ क्वारेन्टिनमा राख्न सरकारका हरेक निकायको हेल्पलाइनमा सम्पर्क गरे तर केही उपलब्धि भएन । त्यसपछि उनले ट्वीटरमा मुम्बइ पुलिसलाइ मेन्सन गरेर यसबारे जानकारी गराए, त्यसपछि बल्ल उनको छिमेकीलाइ अन्यत्र सारियो ।

मैले त्यो परिवारका २ बच्चालाइ पढाउने गरेको थिएँ । अहिले उनीहरुलाइ सुरक्षित स्थानमा लगेर राखिएको छ कुनालले भने

धारावी सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका कुनाल जस्ता अन्य पर्दा पछाडीका हिरोहरु छन् जसले कोरोनाका कारण घोषणा गरिएको लकडाउनको समयमा हातमुख जोर्न पनि धौधौको अवस्थामा गुजारा गरिरहेका छन् ।

कुनालको घर भन्दा करिब ३ मिटर परको एक घरमा जब एक महिलामा कोरोना संक्रमण देखियो त्यस समयमा उनले स्थानिय निकायलाइ खबर गरे तर उनको त्यो प्रयास निर्थक भयो, कोही पनि ती महिलालाइ आइसोलेसनमा राख्न लिन आएनन् न त उनको परिवारका अन्य ६ जनाको परिक्षणका लागि नै आए ।

यसका वावजुद पनि धारावीमा स्वास्थ्यकर्मीहरु पीपीइ लगाएर त्यहाँ डिस्इन्फेक्ट छर्न वस्तीको हरेक कुनामा पुगेको र मानिसहरुको आवतजावत र निगरानी भने ड्रोनबाट गरिरहेको देखेका थिए ।

सन् २००८ को ‌ओस्कार जितेको स्लमडग मिलिनियर फिल्मको छाँयांकन भएको धारावी मुम्बइको सधैं व्यस्त रहने रेलको ट्रयाक र प्रदुशित मिथि नदीको बीचमा छ । रेलवे ट्रयाक र नदीले यो वस्तीलाइ मुम्बइको आलिसान क्षेत्रको बीचमा रेखांकनको काम गरेको छ ।

यहाँका हरेक अस्थायी संरचनामा परिवार वा आप्रवासी कामदारका परिवार एउटै कोठामा अटसमटस गरेर बसिरहेका छन् । हरेक परिवारलाइ एउटा शौचालय पनि यहाँ बस्दै आएका सुकुम्बासीका लागि एकदमै नौलो कुरा हो ।

पानीको उचित व्यवस्था पनि नभएको धारावीको सबैभन्दा ठुलो समस्या भनेको सरसफाइ हो । हरेक पटक यो क्षेत्र ठुला ठुला विपतबाट बच्दै आएको छ । पछिल्लो पटक मुम्बइमा आएको आँधीबाट यो क्षेत्र सुरक्षित रह्यो ।

यी समस्याका बाबजुद पनि महाराष्ट्र सरकारबाट खटाइएका एक सरकारी अधिकारी भने उक्त सुकुम्बसी क्षेत्र सफाइका लागि दैनिक रुपमा कर्मचारी र स्वयंसेवक खटाइने गरेको दाबी गर्छन् ।

“दैनिक जसो २ पटक यो क्षेत्र सफा गर्ने गरेका छौं । यहाँ रहेका करिब ५०० शौचालय मध्ये हरेकमा प्रत्येक दिन कम्तीमा पनि १ हजार मानिसले प्रयोग गर्छन् । शौचालय प्रयोग गर्नकै लागि मानिसहरु लाइनमा बस्नुपर्छ अब विचार गर्नुस् यहाँ सामाजिक दुरी कसरी पालना गर्न गराउन सकिन्छ?” सरकारी अधिकारी किरण दिगहाभकरले भने ।

धारवीको अवस्था सुधारका लागि कुनालले एक समुह बनाएका छन् जसलाइ उनले धारवी डायरीको नाम दिएका छन् । यसमा समुदायका अन्य व्यक्तिहरुको संलग्नतामा कोरोना अति प्रभावितहरुलाइ चामल पिठो तेल चिनी लगाएतका खाद्य समाग्री दिदैं आएका छन् जुन उक्त परिवारलाइ २ हप्तासम्म पुग्छ ।

तर वस्तीमा बस्ने सबैले यो सहयोग पाउँदैनन् । विपन्नहरुको वस्तीको रुपमा चिनिएको धारावीमा रहेका विपन्न मध्ये पनि अति विपन्नलाइ मात्रै उनीहरुले सहयोग दिदैं आइरहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.