Nepal's Trusted Health Online Portal

शनिबार ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

Get real time updates directly on you device, subscribe now.

२० भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शनिबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ४३ वर्षीया एक जना, मकवानपुरकी ५२ वर्षीया एक जना र नवलपरासीकी ३७ वर्षीया एक जना गरी ३ जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै पर्साका ७५ वर्षीय एक जना, महोत्तरीका ७८ वर्षीय एक जना, काठमाडौँका ४१, ५९, र ६३ वर्षीय तीन जना र रुपन्देहीका ४० वर्षीय एक जना गरी ६ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.