Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२० भदौ । काठमाडौँ उपत्यकामा शनिबार ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०१ पुगेको छ । शनिबार मुलुकभरी १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.