Nepal's Trusted Health Online Portal

शनिबार १,०४१ कोरोना संक्रमित थपिए, १,५६६ निको भए

Get real time updates directly on you device, subscribe now.

२० भदौ, काठमाडौं । नेपालमा शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४९ महिला र ६ सय ९२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४५ हजार २ सय ७७ पुगेको छ । नेपालमा हाल १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २७ हजार १ सय २७ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६० प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार ८ सय ६६ जना संस्थागत आइसोलेसनमा र ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

हाल १६७ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, र रुपन्देही जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।

गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.