Nepal's Trusted Health Online Portal

जटिल अवस्थाका कोरोना संक्रमितको उपचारमा ‘डेक्जामिथासोन’ प्रभावकारी हुने पुष्टि

Get real time updates directly on you device, subscribe now.

एपी। कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर अवस्थामा रहेका विरामीको अवस्था सुधार्नको लागि डेक्जामिथेसोन स्टोरोइड उपयोगी हुने प्रमाणित भएको छ ।

बेलायती विज्ञहरूका अनुसार ‘डेक्जामिथासोन’ स्टेरोइडको थोरै मात्रा कोरोनाभाइरस बिरामीको उपचारमा प्रभावकारी देखिएको छ । कोरोनाभाइरसको उपचारमा उपयोगी हुन सक्ने सम्भावनाका बीच डेक्जामिथेसोन विश्वकै सबैभन्दा ठूलो संख्यामा परीक्षणको क्रममा रहेको छ । डेक्जामिथेसोनको प्रयोगले कोरोना सङ्क्रमणले भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिम एक तिहाइले कम हुने पाइएको छ ।

अक्सिजन लिने बिरामीमा मृत्युको जोखिम करिब २० प्रतिशतले घटाउने गरेको अनुसन्धानले देखाएको छ । विज्ञहरूका अनुसार डेक्जामिथेसोनको कोरोना सङ्क्रमितमा शुरूमा नै प्रयोग गरिएको भए बेलायतमा पाँच हजार जत्तिकै जीवन बचाउन सकिन्थ्यो । विपन्न राष्ट्रहरूमा यसको प्रयोगले कोभिड–१९ का बिरामीमा अत्यन्तै फाइदाजनक हुने बताइएको छ ।

डेक्जामिथेसोनको प्रयोगले प्रत्येक २० जना बिरामीमध्ये १९ जनालाई अस्पताल नै नपुर्याइ निको भएका छन् । अस्पतालमा भर्ना भएपनि अधिकांश निको भए । तर केहीमा भने अक्सिजन वा मेकानिकल भेन्टिलेटसनको आवश्यकता पर्यो । उच्च जोखिममा रहेका बिरामीमा डेक्जामिथेसोनको प्रयोग अत्यन्तै उपयोगी सिद्ध भएको पाइएको छ ।

उक्त औषधि यसअघि सूजन घटाउन प्रयोग गरिँदै आएको छ । कोरोनाभाइरससँगै लड्दा शरीरको प्रतिरक्षा प्रणाली अत्यधिक खर्च हुँदा डेक्जामिथेसोनले त्यसबाट हुने क्षति रोक्न सहयोग गर्छ । शरीरले अत्याधिक प्रतिक्रिया जनाउनुलाई ‘साइटोकिन स्टर्म’ भनिन्छ ।

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा गरिएको ट्रायलमा डेक्जामिथेसोन दुई हजार अस्पतालमा भर्ना भएका कोरोनाभाइरसको बिरामीमा प्रयोग गरियो । त्यसैगरी चार हजार जनालाई उक्त औषधि दिइएन । “भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिम ४० देखि २८ प्रतिशत घटाउने देखियो, अक्सिजन आवश्यक हुने बिरामीमा २५ देखि २० प्रतिशतसम्म मृत्युको जोखिम घटाउँछ ।” प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पिटर होर्बीले अमेरिकी समाचारसंस्था एसोसिडटेड प्रेसलाइ बताए । “डेक्जामिथेसोन मृत्युदर घटाउने एकल औषधि हो, र यसले महत्वपूर्ण परिमाणमा मृत्युदर घटाउनेछ ।

कोरोनाविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो,” उनले भने । अनुसन्धानको नेतृत्व गर्नुभएका प्राध्यापक मार्टिन लैण्ड्रेले भेन्टिलेटरमा रहेका प्रत्येक आठ जना बिरामीलाई बचाउन सकिने बताए । “यसले अत्यन्तै स्पष्ट फाइदा पुर्याएको छ, डेक्जामिथेसोनको दश दिनसम्म प्रयोग गर्दा बिरामी निको हुन्छ । जीवन बचाउन औषधिमा लाग्ने खर्च करिब ३५ यूरो हुन आउँछ । यो औषधि विश्वभरि पाइन्छ ।” लैण्ड्रेले बताए । उहाँ अस्पतालले कोरोनाभाइरसका जटिल बिरामीमा डेक्जामिथेसोनको प्रयोग गर्न ढिलाइ गर्न नहुने बताए । तर व्यक्तिले आफैँ खरिद गरी उक्त औषधिको प्रयोग जथाभावी गर्न नहुने उनको सुझाव छ । तर डेक्जामिथेसोनको प्रयोग श्वास लिन कठिनाइ नहुने बिरामीमा भने उपयोगी हुने छैन ।

गत मार्च महिनादेखि उक्त औषधिको ट्रायल हुँदैआएको थियो । एन्टीभाइरल औषधि रेम्डीसिभिर भने यसअघिदेखि नै छिटो निको हुन प्रयोगमा ल्याइएको छ । इबोला भाइरसविरुद्ध रेम्डीसिभिर प्रयोग गरिएको थियो । तर रेम्डीसिभिरको प्रयोगले मृत्युदर घटाउने पर्याप्त प्रमाण अझै फेला परेको छैन ।

पन्ध्र दिनमा निको हुने बिरामीमा रेम्डीसिभिरको प्रयोगले ११ दिनमा निको बनाउँछ ।कोभिड–१९ को मृत्युदर घटाउन प्रयोग हुने उक्त औषधि नयाँ भने होइन । “यो उत्सव मनाउने बेला हो, किनभने यसको व्यापक पहुँचले विश्वभरि प्रयोगमा ल्याउन सकिनेछ” होर्बीले बताए ।

डेक्जामिथेसोन करिब सन् १९६० देखि प्रयोगमा ल्याइएको औषधि हो । आस्थमा, अर्थराइटिस र रहुमेटोइडका बिरामीमा डेक्जामिथेसोन प्रयोग हुन्छ । आइसीयुमा रहेको बिरामीलाइ उक्त औषधि सुइ मार्फत दिइन्छ । तर कम जोखिममा रहेका बिरामीमा भने उक्त औषधि टेब्लेटको रुपमा दिन सकिनेछ । रेम्डीसिभिरझैँ डेक्जामिथेसोनको आपूर्ति सीमित छ । र यसको मूल्य अझै घोषणा हुन बाँकी नै छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.