Nepal's Trusted Health Online Portal

दक्षिण कोरियाले नेपाललाइ दियो ५० हजार थान पीसीआर किट

Get real time updates directly on you device, subscribe now.

३ असार, काठमाडौ । दक्षिण कोरियाले नेपाललाइ ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई हस्तान्तरण गरेको हो ।

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा राजन पोखरेललाई हस्तान्तरण गरेका थिए ।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.