Nepal's Trusted Health Online Portal

नेपालमा ६ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण, मंगलबार ३८० संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

संक्रमित मध्ये महिला ४७९ जना र पुरुष ६ हजार ९२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

संक्रमित मध्ये अहिलेसम्म १ हजार १५८ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेमध्ये १ सय १२ जना महिला र १ हजार ४६ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना महिला र १०९ जना पुरुष गरी ११७ जना उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.