Nepal's Trusted Health Online Portal

गण्डकीमा मंगलबार थपिए १८ कोरोना संक्रमित, कुल संख्या २२३ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गरि गोरखाका १० स्याङ्जाका ४ नवलपरासीका २ कास्की र बाग्लुङ्का एक एक जनामा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।

नयाँ संक्रमित थपिएसंगै प्रदेशमा कोभिड १९ संक्रमितको कुल संख्या २२३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नयाँ संक्रमण पुष्टी भएका १८ जना सबै भारतबाट आई सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको र नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने काम भएको शर्माले जानकारी दिए ।

नयाँ संक्रमण पुष्टी भएसँगै कुल संक्रमितको संख्या स्याङ्जामा ६४ जना, नवलपरासी पुर्वमा ४८ जना, बागलुङमा ४१ जना, पर्वतमा २६ जना, गोरखामा २५ जना, तनहुँमा ९ जना, कास्कीमा ६ जना, म्याग्दीमा ३ जना र लमजुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २२३ जना मध्य अहिलेसम्म २० जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.