३ असार । सोमबार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टी भएको छ ।
गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाकी ४६ वर्षीया महिलामा मृत्युपछि कोरोनाको रिपोर्ट पोजिटिभ आएको हो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टी हुन बाँकी छ ।
मृतकमा कोरोना पोजिटिभ भएको रिपोर्ट हिजो अबेर आएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन श्रेष्ठले मृतकको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रहेको र अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड-१९ को निर्देशिका बमोजिम गरिने तयारी भएको जानकारी दिएका छन् ।