३ असार, काठमाडौं । नेपालमा कोभिड-१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा मात्रै संक्रमितको संख्या २५ सय नजिक पुगेको छ ।
त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा संक्रमितको संख्या हालसम्म २४ सय ६५ पुगेको छ । यो संख्या झण्डै प्रदेश १, बागमति, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सवैको जोडेर हुने संख्या बराबर हो ।
प्रदेश २ को रौतहट जिल्लामा मात्र कोरोना सन्क्रमितको सन्ख्या ९ सय २१ पुगेको छ । अझै पनि २ हजार ३ सय ३६ जनाको पिसिआर रिपोर्ट आउन बाकी छ । हिजो मात्रै ५२ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म २ सय ४० जना निको भएर घर फर्केको गौर अस्पतालले जनाएको छ । हालसम्म मनाङ, मुस्ताङ, रसुवा र ओखलढुंगा बाहेकका ७३ जिल्लामा संक्रमण फैलिएको छ ।