२७ असार, काठमाडौं । अवैध मृगौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चार जना चिकित्सक पक्राउ परेका छन् । मेडिकल कलेज भरतपुर चितवनबाट प्रहरीले ४ चिकित्सकलाई पक्राऊ गरेको हो ।
प्रहरीले चिकित्सक सँगै जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र अधिवक्ता रमेश काफ्लेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका चिकित्सकहरुमा मृगौला रोग विभाग प्रमुख प्रा.डा.राकेश बर्मा, डा.सुप्रभात श्रेष्ठ, प्रा.डा.बालकृष्ण कालाखेती र डा.किरण अधिकारी रहेका छन् ।
उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँबाट गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई काठमाडौँ ल्याएर आइतबार सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार अस्पतालमा एक नेपाली नागरिकलाई भारतीय बनाई मृगौला प्रत्यारोपण गरिएकोले संलग्नहरुलाई पक्राउ गरिएको बताइएको छ ।