Nepal's Trusted Health Online Portal

आइतबार ८२ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ८०१

Get real time updates directly on you device, subscribe now.

२८ असार, काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार १७४ कोरोनाको एक्टिभ केश रहेको छ ।

३ हजार ९१६ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ३ हजार ९१६ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ । जसमध्ये ८२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै २३ हजार ७८४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार १७४ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

१४७ जना निको भए
पछिल्लो २४ घण्टामा १४७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ८ हजार ५८९ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.