१० माघ, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संसद भवन अघि आत्मदाहको प्रयास गर्ने प्रेम प्रसाद आचार्यलाई भेटेर उनको स्वास्थ्य अवस्था बुझेकी छिन् ।
सन्तोष भनिने इलाम सुर्योदय–११ केराबारी घर भएका ३६ वर्षिय आचार्यले मंगलबार बानेश्वरस्थित संसदभवन अगाडी आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
उनलाई उद्दार गरी किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य राज्यमन्त्री कार्कीले उनलाई अस्पतालमै गएर भेटेकी हुन् ।
‘के गर्नु भएको प्रेम दाई ? मेरो नाम पनि लिनु भएको रहेछ मैले पुरा पढेँ तपाइको स्ट्याटस, के गर्नु भएको हेर्नु त ?’ राज्यमन्त्री कार्कीले उनलाई सान्त्वना दिँदै भनिन् ‘हामी थियौँ नि, राज्य थियो नि ! हाम्रो नयाँ सरकार बनेको थियो, केही न केही त हामीले उपाय खोज्ने थियौँ ।’
जवाफमा आचार्यले राज्यमन्त्री कार्कीलाई निराशाभाव अभिव्यक्त गर्दै यो हर्कत नगरी कसैले सुन्दैन भनेका छन् ।
आचार्यको किर्तिपुरको बर्न अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।