१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमइसिइई–पिजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार एमइसिइई–पिजीका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि ४ गतेसम्म ३ दिन सञ्चालन हनेछ ।
गत मंसिर ९ गतेसम्म अनलाइन आवेदन दिएका परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा सञ्चालन हुन लागेको हो ।
परिक्षार्थीले परीक्षा सुरु हुनुभन्दा ५ दिन अघिबाटै प्रवेशपत्र अनलाइन प्रिन्ट गर्न सकिने पनि आयोगले जनाएको छ ।

