१८ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाहरुले चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना आव्हान गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले अनुमति प्राप्त नगरी नै चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना लिने तयारी गरेका शिक्षण संस्थाहरुलाई कारबाहीको चेतावनी समेत दिएको छ ।
आयोगले मान्यता प्राप्त नभएको शिक्षण संस्थामा भर्ना नगर्न नगराउन विद्यार्थी, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुलाई पनि आव्हान गरेको छ ।
अनुमति प्राप्त नगरी भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने आयोगले चेतावनी दिएको छ ।
