Nepal's Trusted Health Online Portal

काठमाडौँमा बिहीबारदेखि निषेधाज्ञाको स्वरुप परिवर्तन, व्यवसाय सञ्चालनदेखि यातायातसम्म सर्त सहित खुल्ने

Get real time updates directly on you device, subscribe now.

२४ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा ३ हप्ताको निषेधाज्ञापछि स्थानीय प्रशासनले बिहीबारदेखि लागु हुने गरि खुकुलो पारेर यसको स्वरुप बदलेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि भदौ ३ गते रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप बदल्ने निर्णय बुधवार साँझ गरिएको हो ।

यी क्रियाकलाप गर्न खुल्ला:

उपत्यकामा अब सवारी जोरबिजोरमा आधारित भएर सञ्चालनमा आउने छन् । १६ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइनेछ । एक लहरमा एक जनामात्र यात्रु राख्नु पर्नेछ। कूल क्षमताको आधामात्र यात्रु सार्वजनिक सवारी साधनले बोक्न पाउनेछन् । सार्वजनिक सवारीमा अनिवार्य रुपमा स्यानिटाइजर हुनुपर्नेछ भने सहचालकले पञ्जा र मास्क लगाउने पर्नेछ । साथै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ र दोब्बर भाडा तिर्नुपर्नेछ ।

यस्तै, भाडाका ट्याक्सीका हकमा चालकसहित ३ जना र एकै परिवारका सदस्य बच्चासहित पाँच जनासम्म राखेर चलाउन पाइनेछ । अत्यावश्यक वस्तु तथा सेवाको कारोबार गर्ने पसल जुनसुकै बेला खोल्न पाइनेछ ।

विकास निर्माण कार्यमा संलग्न र ढुवानीका सवारी साधन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् । अनलाइन डेलिभरी र टेकअवे सेवाका लागि दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

सपिङ मल अब सातामा तीन दिन चल्न पाउने छन् । सोमबार, बुधबार र शनिबार खोल्ने समय तोकिएको छ । फर्निचर, अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार खुल्नेछ भने भाँडा तथा भान्साका सामाग्री पाइने पसल सातामा आइतबार, मंगलबार र शुक्रबार सञ्चालन हुनेछन् ।

वर्कसप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक सञ्चालन गर्न पाइनेछ । फुटपाथ तथा ठेला व्यापारका लागि समय तोकिएको छ । दैनिक बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । डिपार्टमेन्टल स्टोरका हकमा पनि यही नियम लागू हुनेछ ।

उद्योग व्यवसाय खाने बस्ने व्यवस्था प्रतिष्ठानले नै गर्नेगरि सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ ।

यी क्षेत्र अझै नखुल्ने:

स्थानीय प्रशासनको निर्णय अनुसार खुला स्थानमा भेला हुन, भीडभाड गर्न तथा जुलुमा समेत प्रतिबन्ध लगाइएको छ। जात्रा महोत्सव, भोजभतेर सञ्चालन गर्न पनि निषेध गरिएको छ।

यस्तै, मठ मन्दिर, चर्च, मस्जिद लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजाको बन्देज पनि यथावत नै छ। धार्मिक तथा सामाजिक जमघट निषेध गरिएको छ । सबै प्रकारका तालिम, गोष्ठी, सेमिनार बन्द हुनेछन्। मनोरञ्जनस्थल पनि बन्द रहनेछन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.