Nepal's Trusted Health Online Portal

भारतले अक्सफोर्डको कोरोना भ्याक्सिनको परीक्षण नरोक्ने

Get real time updates directly on you device, subscribe now.

२४ भदौ । परीक्षणको समयमा एक सहभागि विरामी भएपछि अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले रोकेको कोरोना भाइरसको सम्भावित भ्याक्सिनको मानवमाथिको परीक्षण भारतले भने नरोक्ने भएको छ ।

अक्सफोर्डले तेश्रो चरणको परीक्षणका दौरान एक सहभागि विरामी भएपछि यसबारे अनुसन्धान गर्नको लागि रोक्ने निर्णय मंगलवार गरेको थियो । भारतमा उक्त भ्याक्सिनको परीक्षण गराइरहेको सीरम इन्टिच्युट अफ इण्डियाले यस दौरानमा कुनै पनि सहभागिमा समस्या नदेखिएकोले यसलाइन निरन्तरता दिने निर्णय गरेको भारतीय समाचारसंस्था एएनआइले समाचारमा उल्लेख गरेको छ ।

“बेलायतमा भइरहेको परीक्षण र त्यहाँ उत्पन्न भएको समस्याबारे हामीले केही टिप्पणी गर्न मिल्दैन तर एक सहभागि विरामी भएपछि त्यस विषयमा थप अनुसन्धान गर्नको लागि तत्कालका लागि रोकिएको हो । यता भारतमा भने हामीले गरिरहेको परिक्षणको क्रममा कसैलाइ केही समस्या देखिएको छैन ।,” सीरम इन्टिच्युट अफ इण्डियाले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

यता भारतमा भइरहेको परीक्षण भने दोश्रो चरणको परीक्षण हो । दोश्रो चरणको परीक्षणमा १८ वर्ष माथिका १ हजार ६ सय मानिस सहभागि हुनेछन् भने यो परीक्षण भारतका विभिन्न १७ ठाउँमा भइरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.