Nepal's Trusted Health Online Portal

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२४ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ८० वर्षीया एक, कास्कीकी ७३ वर्षीय एक र बाँकेकी ८० वर्षीय एक जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै काठमाडौँका ६७ वर्षीय एक पुरुष, अर्घाखाँचीका ४२ वर्षीय एक पुरुष र नवलपरासीका ६४ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । संक्रमितमध्ये ०.६३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.