२४ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३९४, ललितपुर ३४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै उपत्यकाभित्र कोरोना संक्रमितको संख्या ९ हजार ५४१ पुगेको छ । बुधबार देशभरी १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९१८ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ