Nepal's Trusted Health Online Portal

केही खुकुलो पारी उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो

Get real time updates directly on you device, subscribe now.

१७ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ ३ गते देखि जारी निषेधाज्ञा पुनः थप भएको छ । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी भदौ २४ गते राति १२ बजे सम्म लम्ब्याइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

यसअघि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो गरी निषेधाज्ञा लम्ब्याउन गृह मन्त्रालयलाई राय पठाएकोमा गृहले स्वीकृत गरेपछि उपत्यकामा निषेधाज्ञा थप एक हप्ताको लागि लम्ब्याइएको हो ।

यसअघि भदौ ३ गते बुधबार मध्यरातबाट जारी एक हप्ता लामो निषेधाज्ञा १० गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म लम्ब्याइएकोे थियो । निषेधाज्ञाकै अवधिमा पनि उपत्यकाका तीनै जिल्लामा कोरोना सङ्क्रमण बढेर दिनहुँ जसो नयाँ रेकर्ड कायम गरिरहेको छ ।

यसपटकको निषेधाज्ञा अवधिमा भने अत्यावश्यक वस्तु तथा सेवालाई केही खुकुलो पारिएको छ ।
अबदेखि खाद्यान्न, तरकारी, फलफूल लगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ । यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो ।

त्यस्तै, निर्माणसामग्री सम्बन्धी पसललाई दिउँसो २ बजे देखि राति ९ बजेसम्म खोल्न दिइने छ । निर्माण सामग्री ढुवानी गर्ने सबै प्रकारका साधनहरूलाई पनि दिउँसो २ बजे देखि राति ९ बजेसम्म सञ्चालन गर्न दिइने छ ।

यि सबै सेवा सञ्चालन गर्न पूर्ण रुपमा सामाजिक दुरी कायम गरिनुपर्ने र स्वास्थ्य मन्त्रालयले तोकेको सबै प्रकारका मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

निषेधाज्ञा अवधिमा गर्न हुने र नहुनेबारे पढ्नुहोस्

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.