Nepal's Trusted Health Online Portal

बुधबार ११२० कोरोना संक्रमित थपिए, १११२ निको भए

Get real time updates directly on you device, subscribe now.

१७ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय २० महिला र ८ सय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । नेपालमा हाल १८ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजर १ सय १२ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २३ हजार २ सय ९० जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ४ सय ९३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.