१७ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९४ पुगेको छ । बुधबार मुलुकभरी १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार १ सय १२ जना संक्रमित निको भएका छन् ।