Nepal's Trusted Health Online Portal

कपिलवस्तुकी नर्समा पनि देखियो कोरोना संक्रमण

स्वास्थ्यकर्मी जोखिममा

Get real time updates directly on you device, subscribe now.

३० बैशाख, काठमाडौं । नेपालमा पहिलो पटक नर्समा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तु नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको हो । संक्रमित स्वास्थ्यकर्मी सहित आज कपिलवस्तुमा कोरोना संक्रमण देखिएका ९ जनालाई नै बुटवलको कोरोना विशेष अस्पताल लैजाने तयारी भइरहेको छ ।

यसअघि मंगलबार नै कपिलवस्तुका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित स्वास्थ्यकर्मी तिनै ९ जना भध्येकी एक हुन् । संक्रमित नर्स ड्युटी पश्चात आफ्नै घरमा जाने गरेकी थिइन् ।

यसअघि मंगलबार नै वीरगञ्जमा पत्रकारहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले मंगलबार एकैपटकमा ५७ जना नयाँ संक्रमितको विवरण सार्वजनिक गरेको थियो ।

मंगलबार साँझसम्म नेपालभर कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.