Nepal's Trusted Health Online Portal

नेपालमा पहिलो पटक ४ पत्रकारमा देखियो कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा पहिलो पटक पर्साका ४ पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।

मंगलवार पर्सामा प्रमाणित भएका ३९ संक्रमित मध्ये ४ जना पत्रकार भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

“आज पर्सामा प्रमाणित भएका ३९ केस मध्ये ४ जना पत्रकार हुनुहुन्छ । उहाँहरुलाइ हामीले आइसोलेसनमा राखेका छौं र चिकित्सकीय निगरानीमा हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था पनि समान्य रहेको छ,” मेसु उपाध्यायले बताए ।
“उहाँहरुमा रिर्पोटिङको क्रममा संक्रमण भएको हुनसक्छ ।”

भारतसँगको खुला सीमा रहेको पर्सामा यसअघि पनि एकै परिवारका १८ जनालाइ कोरोना संक्रमण भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.