Nepal's Trusted Health Online Portal

नेपालमा एकैपटक ५७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९१ पुग्यो

कपिलवस्तु, रुपन्देही, पर्सा र बारा जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार दिउँसो एकैपटक ५७ जनाको ठूलो संख्यामा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तु, रुपन्देही, पर्सा र बारा जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु जिल्लाका ८ जना पुरुषहरु, रुपन्देही जिल्लाका ९ जना पुरुषहरु, पर्सा जिल्लाका ३९ जना पुरुषहरु र बारा जिल्लाका १ जना पुरुष रहेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार पनि एकैदिन २४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.