Nepal's Trusted Health Online Portal

पीपीई प्रयोग किन आवश्यक छ ?

Get real time updates directly on you device, subscribe now.

रोयटर्स । विश्वमा कारोना भाइरस फैलिएसँगै मास्क, पञ्जा लगायत मेडिकल स्टाफ (स्वास्थ्यकर्मीहरु) ले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने सामग्रीहरुको अभाव देखिएको छ ।

यी सामग्रीहरु प्रयोग गर्नु किन आवश्यक छ ?

विज्ञहरु भन्छन् :
कोरोना (कोभिड–१९) सार्स–कोभ–२ नामक भाइरसको कारणले लाग्ने गर्दछ जुन सबैभन्दा छिटो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा निस्कने छिटाहरुको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ साथै संक्रमितले प्रयोग गरेका विभिन्न दुषित वस्तुहरुको माध्यमबाट पनि यो भाइरस स्वस्थ व्यक्तिमा सर्दछ ।

सामान्य मानिसहरुका लागि यस भाइरसको संक्रमण हुनबाट जोगिन एक व्यक्तिबाट अर्को व्यक्तिबीचमा कम्तीमा १ देखि २ मिटरको दुरी कायम राख्नुपनर्दछ ।

त्यस्तै संक्रमणबाट बच्न कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले मिचिमिची हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, भिडभाड हुने ठाउँबाट टाढा रहने वा नजाने गर्नुपर्दछ । हातले आँखा, नाक वा मुखमा नछुनु कोरोनाको संक्रमणबाट बच्ने सावधानीका उत्तम उपाय हो ।

तै पनि अस्पताल र स्वास्थ्य क्षेत्रहरुमा काम गर्ने व्यक्तिहरुका लागि यी उपायहरु अवलम्बन गर्नु जटिल भएकाले पिपिई को प्रयोग नैै सबैभन्दा बलियो उपाय हो ।

विश्व स्वास्थ्य संगठनले यो जटिल परिस्थितिमा अत्यावश्यक ठाउँहरुका फ्रन्टलाइनमा कामगर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाका सामग्रीहरु जोहो गर्न विशेष सिफारिसहरु समेत जारी गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.