Nepal's Trusted Health Online Portal

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सोमबार एकैदिन २४ जना संक्रमित थपिए

बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार साँझ एकैपटक थप १३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु यशोधारा गाउँपालिका–५ तथा बुद्धभुमि नगरपालिका–७ निवासी १५, १९, २३, ३०, ३२, र ३८ बर्षीय पुरुषहरु, रुपन्देही समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृतिक गाउँपालिका–६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषहरु र बर्दिया, राजापुर–५ निवासी ११ बर्षीय बालिका हुन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै सोमबार एकैदिन २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहान कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै दिउँसो सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

संक्रमितहरु तेह्रैजना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.