Nepal's Trusted Health Online Portal

सप्तरीमा पनि १ जना कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १२१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२९ बैशाख, काठमाडौं । सप्तरीमा पनि १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सप्तरीका एक १८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित सप्तरी जिल्ला डाक्नेछोरी नगरपालिका वडा नं ३ निवासी १८ बर्षीय पुरुष हुन् । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार बिहान मात्र कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.