२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप १० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु यशोधारा गाउँपालिका–५ तथा बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहकरु र १ जना उमेर नखुलेका पुरुष रहेका छन् ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु दसैजना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १२० पुगेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
