२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उदयपुर भुल्केकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश न. १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आज बिहान मात्रै उदयपुर भुल्केकै ३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनी हरुको विराटनगरस्थित कोशी अस्पतालको प्रयागशालामा गरिएको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार बिहान उदयपुर भुल्केका ३ महिला सहित ७ जनामा कोराना संक्रमण पुष्टि भएको थियो । प्रदेश नं १ मा अब कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । १४ जना भने शुक्रबार सम्म कोशी अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमितमध्ये ३१ जना निको भएका छन् ।संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।